हुण्डीमार्फत् अवैध कारोबारमा संलग्न एक जना २० लाख सहित पक्राउ

हुण्डीमार्फत् अवैध कारोबारमा संलग्न एक जना २० लाख सहित पक्राउ

हुण्डीमार्फत् अवैध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका-५ को ताँप घर भई काठमाडौंको सामाखुसी बस्दै आएका ४० वर्षीय ढुण्डीराज न्यौपाने पक्राउ परेका हुन्।

उनको साथबाट प्रहरीले हुण्डी गरेर पठाउन लागेको १९ लाख ९१ हजार रूपैयाँ बरामद गरेको छ।महानगरीय अपराध महाशाखाले काठमाडौंको विशालबजार क्षेत्रबाट न्यौपानेलाई पक्राउ गरेको जनाएको छ।

गैरकानुनी रूपमा हुण्डीको कारोबार गरी राजस्व छलि गरिरहेको सूचनाको आधारमा परिचालन भएको महाशाखाको टोलीले पक्राउ गरिएको महाशाखाले जनाएको छ।

थप कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।