लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

स्याङ्जाको चापाकोटमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटिएको छ। चापकोट—१० , किसानमा अजिङ्गर भेटिएको हो । खेतमा पानी लगाउन गएका स्थानीयले देखेपछी जिल्ला वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए ।

अजिङगर झण्डै १० फुट लम्बाइ र २५ केजी तौलको रहेको स्थानियले बताए । उक्त अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। धार्मिक र पर्यावरणीय हिसाबले महत्वपुर्ण मानिने सर्पको ९० प्रजाति नेपालमा पहिचान भएका छन्।

ती प्रजाति मध्य केही विषालु छन् त केही लोपोन्मुख अवस्थामा रहेका छन्। लोपोन्मुख प्रजातिको सर्प अन्तर्गत अजिङ्गरलाई पनि लिन सकिन्छ।