कांग्रेस नेता पुष्करनाथ ओझा ५ वर्षका लागि पार्टीबाट निष्कासित

कांग्रेस नेता पुष्करनाथ ओझा ५ वर्षका लागि पार्टीबाट निष्कासित

धनगढी : नेपाली कांग्रेसका कैलालीका नेता पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएको छ। नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो।

पूर्वमन्त्री एवम् महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेको थियो। यस्तै नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ। डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ। अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो। तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाईएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ।