कञ्चनपुरमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाइँदै

कञ्चनपुरमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाइँदै

कञ्चनपुर : कञ्चनपुरमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाइने भएको छ। शुक्लाफाँटा नगरपालिका ४ पिपलाडि स्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाइने नगरपालिकाले जनाएको हो।

जसका लागी काम अगाडी बढाइएको नगरप्रमुख दिल बहादुर ऐरले बताए। उनले नगर स्वास्थ्य चौकीका लागी जग्गा छट्काएर भवन निर्माण कार्य सुरु गरिएको बताए। नगर अस्पतालका लागि स्वास्थ्य चौकी क्षेत्रमा अढाई बिगाहा जमिन छुट्याएईको छ।

स्वास्थ्य चौकीका भवन सहित थप संरचना निर्माण गरी नगर अस्पताल निर्माण कार्य सुरु गरिएको छ। सरकारको सबै स्थानीय तहमा नगर अस्पताल बनाउने अवधारण अनुसार शुक्लाफाँटा नगर अस्पताल बनाउन थालिएको हो।

नगरपालिकाले यसै वर्ष अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ। अस्पताल सञ्चालनसम्म झन्डै चार करोड खर्च लाग्ने अनुमान गरिएको छ। संघीय र प्रदेश सरकारसित समन्वय र सहकार्य गरी अस्पतालमा चिकित्सक सहित आवश्यक जनशक्ति व्यवस्थापन गरिने नगर प्रमुख ऐरले बताए।

नगरपालिकाले सबै बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरेको छ।