बाजुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बाजुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बाजुरा : आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाजुरामा एक वृद्ध पक्राउ परेका छन् ।  जिल्लाको बुढिगंगा नगरपालिकाबाट ६२ वर्षीय वृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भटराईले बताए ।

बुवाले बलात्कार गरेर छोरी गर्भवती भएपछि घटना बाहिरिएको थियो । सो सूचना प्रहरीलाइ पुग्ने बित्तिकै आरोपी वृद्धलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भटराईले जानकारी दिए ।