कञ्चनपुरमा स्कुटर दुर्घट्नामा परी दुईजना घाईते

कञ्चनपुरमा स्कुटर दुर्घट्नामा परी दुईजना घाईते

कञ्चनपुर : कञ्चनपुरमा रोकेको ट्रयाक्टरको ट्रलीमा स्कुटर ठोक्किदा दुईजना घाईते भएका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ को जनज्योती चोक नजिकै से १ त ४१६६ नम्बरको ट्रयाक्टरको ट्रलीमा म २प ९४४७ नम्बरको स्कुटर ठोक्किदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले दुर्घटनामा स्कुटर चालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्ने ३२ वर्षीय रमेश भट्ट र सोही ठाउँका अन्दाजी ३० वर्षीय रमेश पाण्डे गम्भीर घाईते भएको बताए।

महाकाली अस्पतालमा उपचारका लागि पुगाईएका उनीहरुलाई राती नै धनगढी रेफर गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नभएपछि कोहलपुर पठाईएको प्रहरीले जनाएको छ।  ट्रयाक्टरलाई नियन्त्रणमा लिईएको छ।