कञ्चनपुरमा लायन्स क्लबद्वारा वृक्षारोपण

कञ्चनपुरमा लायन्स क्लबद्वारा वृक्षारोपण

कञ्चनपुरको झलारीमा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षण गरौँ भन्ने नारालाई साकार  पार्न लायन्स क्लबको देशभरी ११ हजार एक सय ११ विरुवा रोप्ने कार्यक्रम अन्तरगत लायन्स  क्लब  महेन्द्रनगर  झलारीको आयोजना नगर क्षेत्रमा वृक्षारोपण गरिएको हो।

नगरका सार्वजनिक  स्थान  र राजमार्ग छेउमा एक सय एक बिरुवा रोपिएको लायन्स क्लबले जनाएको छ। जसमा शोभायाम रुद्राक्ष, श्रीखण्ड, सुपारी, अमला, रक्तचन्दन , बेल, कपुर  तराई स्याउ, समी असोक, मलेसियन साल गरी ११ प्रकारका विरुवा रोपिएका छन्।

देशव्यापी कार्यक्रम अन्तरगत रोपिएका विरुवाको संरक्षण गरी ८० प्रतिशत  वोट बचाउने गरी योजना बनाईएको क्लबका अध्यक्ष  खगेन्द्र  पान्डेयले बताए।