पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा, आजै सुनुवाई हुँदै

पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा, आजै सुनुवाई  हुँदै

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ हुँदै छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।