कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक

कैलालीमा  कोरोना संक्रमितको संख्या एक हजार नजिक

सुदुरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।

कैलालीमा प्रदेशमै सबैभन्दा बढि ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भइसकेको छ । कैलालीमा सबैभन्दा बढि चार जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।