बाजुराकाे बुढीगंगा नगरपालिकामा आगजनी, क्षतीकाे विवरण संकलन हुदै

बाजुराकाे बुढीगंगा नगरपालिकामा आगजनी, क्षतीकाे विवरण संकलन हुदै

बाजुरा । बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि भएको छ । शनीबार राति आगलागि भएको बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले जनाएका छन् ।  सबैकाम काज सकेर कार्यालय बन्द रहेको समयमा राति अज्ञात समुहले लेखा फाटको झ्याल फोरेर पेट्रोल छर्कीएर आगो लगाएको बुझीएको छ ।

आगलागिबाट लेखा फाँटमा रहेको झ्याल नजिकैका फाईलहरु जलेर नष्ट भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागि भएको खबर आएको छ प्रहरी चौकी टाटेको टोली गैसकेको छ । के कति क्षेति भएको प्रहरीले डाटा सकलन गरिरहेको बताएको छ ।

आगो कसले लगायो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक दानबहादुर रोकायाले बताए ।  सोही नगरपालिकामा अघिल्लो बर्ष बिद्युत्त सट भएर आगलागि हुदा ठुलो क्षेति भएएको थियो ।