डडेल्धुरामा खानेपानी योजना विवादमा बालकको मृत्यु : थप ३ आरोपी पक्राउ

डडेल्धुरामा खानेपानी योजना विवादमा बालकको मृत्यु  : थप ३ आरोपी पक्राउ

डडेल्धुरा : डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा बालकको मृत्यु  भएको घटनामा फरार ८ जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

गत असार २६ गते आलिताल गाउँपालिका वडा नम्बर ६ का दुई गाउँका स्थानीयबीच खानेपानीको योजनाका विषयमा विवाद हुदा ८ वर्षीय हिमांशु महराको मृत्यु भएको थियो।

घटनाको एक दिनपछि मृतकका बुवा गणेश महराले घटनामा संग्लग्न १२ जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले ४ जनालाई तत्कालै पक्राउ गरेको थियो। ८ जना भने फरार थिए।

फरारमध्ये  ३ जनालाई शनिबार पक्राउ गरेर अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

उनले घटनामा संलग्न ५ जना अझै फरार रहेकाले उनीहरूको खोजीकार्य भइरहेको बताए। घटनापछि गाउ“पालिकाले मृतक बालकका नाममा एक लाख रुपैया“को अक्षय कोष स्थापना गरेको छ।

गाउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले विवाद भएकै खानेपानीको योजनाका लागि छुट्याइएको बजेटबाट मृतक बालकका नाममा अक्षय कोष स्थापना गरिएको बताए।