गोरु काटेर मासु बेचेको आरोपमा एक जना पक्राउ

गोरु काटेर मासु बेचेको आरोपमा एक जना पक्राउ

गोरु काटेर मासु बेच्दै गर्दा मोरङको सन्दरहरैंचा नगरपालिका-९ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गोरु काटेको घटनामा संलग्न २५ वर्षीय सुमन दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो । दनुवार त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ परेका हुन् । घटनास्थलबाट बरामद भएका गोरुको टाउको र खुट्टा परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ । 

पक्राउ परेका दनुवारविरुद्ध पशुपंक्षीसम्बन्धी कसुरमा कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रनि ढकालले बताए ।