प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना संक्रमणको आशंका

प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना संक्रमणको आशंका

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरी अधिकारीमा कोरोना संक्रमणको शंका गरिएको छ। 

शनिबार नक्सालमा कार्यरत तीन प्रहरीमा उच्च ज्वरो देखिएपछि कोरोनाको आशंकामा उनीहरुको स्वाब संकलन गरी टेकु पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताए। 

उनका अनुसार आइतबार थप एक जनामा उस्तै लक्षण देखिएपछि चारै जनालाई प्रहरी अस्पताल पानीपोखरीमा राखिएको छ। साथै नमूना परीक्षणको लागि टेकु पठाइएको छ।

देशभर हालसम्म एक सय २० जना प्रहरीमा कोरोनाको संक्रमण भएको छ जसमध्ये एक सय जना निको भइसकेका छन्।