सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण देखा परेको हो ।

आज बाजुराका ३ जना र अछामका १४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४६ नमुनामध्ये १७ जनामा संक्रमण देखा परेको अस्पतालका सुचनाअधिकारी दिलि कुमार श्रेष्ठले जानकारी दिए ।

उनले बाजुरा र अछामका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बाजुराको खप्तड छेडेदह वडा नम्बर १ का दुई महिला, वडा नम्बर ६ का एक पुरुष र अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ ।