कैलालीमा हत्याका दोषी साढे ८ बर्षपछि पक्राउ

कैलालीमा हत्याका दोषी साढे ८ बर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ८ बर्ष ७ महिना पछी पक्राउ परेका छन । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर  १ का ४१ वर्षीय सुरेन्द्र सिहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरेको हो ।

हत्या गरेर फरार रहेका उनलाई शनिबार धनगढी उपमहागरपालिका वडा नम्बर ९ मा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनी धनगढी गाउँमा २०६८ सालको मंसिरमा लागेको मेलामा सिहलाई कुटपिट गरी घाईते बनाएर फरार भएका थिए ।

सिहको उपचारकै क्रममा मृत्यु भएको थियो । कैलाली जिल्ला अदालतले दुवैजनालाई जन्म कैदको सजाय सुनाएको थियो । श्रेष्ठलाई आवश्यक कारर्वाहीका लागि आईतबार जिल्ला अदालत कैलाली बुझाईएको प्रहरीले जनाएको छ ।