डोटीका नेता भट्टको स्पिष्टीकरण : ''सांसद आले र मेरो नाम जोडेर चरीत्र हत्या गर्न खोजियो''

डोटीका नेता भट्टको स्पिष्टीकरण : ''सांसद आले र मेरो नाम जोडेर चरीत्र हत्या गर्न खोजियो''

डोटी : डोटीका (नेकपा) नेता डिल्लीराज भट्टले विभिन्न संचारमाध्यममा प्रकाशित समाचार बारे ध्यानाकर्षण भएको जनाएका छन् । पूर्व (एमाले) सेती अञ्चल स्कुलबिभाग इन्चार्ज नेता भट्टले ९नेकपा० केन्द्रिय सदस्य एवं संघीय सांसद प्रेम आले र आफ्नो नाम जोडेर चरीत्र हत्या गर्न खोजिएको भन्दै शनिबार आफ्नो आधिकारिक फेसबुक मार्फत ध्यानाकर्षण पत्र सार्वजनिक गरेका हुन् ।

नेता भट्टले आफ्नो नाम जोडेर प्रकाशित गरिएको समाचार प्रती ध्यानाकर्षण भएको भन्दै पार्टी पंक्तिमा आफ्नो भुमिका र सांसद आले संगको आफ्नो सम्बन्ध बारे स्पष्ट पार्दै लेखेका छन्, 'त्यस समाचारमा दुई वटा पाटा देखिए ।

नेकपा का केन्द्रिय सदस्य एवं डोटीबाट निर्वाचित संघीय सांसद माननीय प्रेम आले जि सितको इर्षा, उहाँको भावी राजनितीमा कूप्रभाव पार्ने योजना र मेरो राजनितिक जिवनको अवमूल्यन । तत्कालिन एमाले डोटि जिल्लाका उप-सचीव डिल्ली राज भट्टलाई प्रभावमा पारी एमालेमा प्रवेश हुन सफल भन्ने शब्दनै आपत्तीजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।