कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ का ३० बर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई आफ्नै वल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेको मालाखेती प्रहरीका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

करेन्ट लागेर घाईते भएका पुलसिंहको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।