बोलन्या थलीको दार्चुला युनिट गठन

बोलन्या थलीको दार्चुला युनिट गठन

धनगढी : बोलन्या थलीको दार्चुला युनिट गठन भएको छ । जिल्लमा गणेश सिंह धामीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन भएको छ ।

पनेबाजमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले सम्पुर्ण १६ देखि ६० उमेर समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका हुन । पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने, राज्यले दार्चुलालाई गरेको नजर अन्दाज विरुद्ध र आर्थिक सामाजिक जागरणका लागी कडा आन्दोलन गर्ने निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ ।

बोलन्या थलीका संस्थापक यादब जोशीका अनुसार सुदुरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने समेत जनाएको छ ।