घोडाघोडीको एक श्रृङगार पसललाई २० हजार जरिवाना

घोडाघोडीको एक श्रृङगार पसललाई २० हजार जरिवाना

धनगढी  : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयले आइतबार संयुक्त अनुगमन टोलीले घोडाघोडीको एक श्रङगार पसललाई २० हजार जरिवाना गरेको छ ।

आइतबार अनुगमनका लागी गएको टोलीले म्याद सकिएको सामाग्री बिक्री वितरण गरेको भन्दै घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रहेको हिना जनरल स्टोर लाई २० हजार रुपैयाँ जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले जानकारी दिए ।

अन्य पसलमा अखाद्य बस्तु नभेटिएको उनले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयले आइतबार घोडाघोडी नगरपालिका वडा नम्बर १० का ८ वटा पसल र धनगढीका ५ गरी १३ वटा पसलमा अनुगमन गरेको थियो ।