बाँकेमा बञ्चरो प्रहार गरी श्रीमानको हत्या

बाँकेमा बञ्चरो प्रहार गरी श्रीमानको हत्या

बाँकेमा श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ निवासी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षिराम थारुको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

आइतबार दिउँसो सवा ३ बजेतिर सामान्य घरायसी विवादका क्रममा मिछियाले श्रीमानलाई बञ्चरो प्रहार गरेकी थिइन्। बञ्चरो प्रहारबाट लक्षिरामको टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले बताउनुभयो।

अभियुक्त थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।