भारतमा कोरोनाका कारण एकैदिन ७ सय ८ जनाको मृत्यु

भारतमा कोरोनाका कारण एकैदिन ७ सय ८ जनाको मृत्यु

भारतमा कोरोनाका कारण एकैदिन  ७ सय ८ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या  ३२ हजार  ७ सय ७१ पुगेको छ ।

भारतमा एकैदिन झण्डै ५०  हजार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९  हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेको छ ।

 विश्वभर पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेको छ ।