छोराले गरे बृद्ध बाबुको हत्या

छोराले गरे बृद्ध बाबुको हत्या

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका छन् । 

बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुर शाहीले कुटपिट गरी आफ्नै बाबुको हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले छोरा ऐनबहादुर शाहीले आफ्नै बुवाको कुटपिट गरि ११ साउनको राति हत्या गरेको बताए । 

छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटनापछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यू भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । 

यसैगरी छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतक शाहीको टाउको, आखा र कोखामा चोटपटक लागेको छ । मृतक शाही नेपाल प्रहरीको असई पदबाट अवकास भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।