कन्चनपुरमा सशस्त्रद्धारा अबैध समान बरामद

कन्चनपुरमा सशस्त्रद्धारा अबैध समान बरामद

कन्चनपुरको  पुर्नवास नगरपालिका ६ मा सशस्त्र प्रहरीले नेपाल भित्र्याउदै गरेको अबैध समान बरामद गरेको छ ।

भारतको आनन्द बजारबाट ल्याउदै गरेको अबैध समान आईतबार राती बरामद गरेको सशस्त्र प्रहरी कन्चनपुरका एसपी बिरसिह साहुले बताउनुभयो । उनका अनुसार १ लाख दश हजार बराबरको प्लास्टिक र फिटिङका समान बरामद गरिएको छ ।

पुर्नवास स्थीत वीओपीले बरामद गरेको उक्त समान अहिले कन्चनपुर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको एसपी साहुले बताउनुभयो ।