सोमबारदेखि शुक्रबारसम्म ठूलो पानी पर्ने सम्भावना : मौसम विभाग

सोमबारदेखि शुक्रबारसम्म ठूलो पानी पर्ने सम्भावना : मौसम विभाग

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारदेखि शुक्रबारसम्म ठूलो पानी पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिन मुलुकका केही भागमा वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको छ ।

सोमबारदेखि शुक्रबारसम्म प्रदेश नम्बर ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थान र प्रदेश एक र दुईका थोरै स्थानमा हल्कादेखि भारती वर्षा हुने सम्भावना रहेको विभागको अनुमान रहेको छ । यस अवधिमा पहाडी भूभागमा भूक्षय र पहिरो जानसक्ने तथा तराईमा बाढी र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

मनसुन सुरु भएयता गत जेठ ३० देखि अहिलेसम्म विभिन्न प्राकृतिक विपत्तीमा परी १४७ जनाको मृत्यु भएको छ । त्यसमा पहिरोले १२७, बाढीले ३ र चट्याङ लागेर १७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै पहिरोमा परी ११४ जना, बाढीमा १ र चट्याङ लागेर ४२ जना घाइते भएका छन् ।