सरिता गिरीको ठाउँमा लिलादेवि सिटौला बनिन् सांसद

सरिता गिरीको ठाउँमा लिलादेवि सिटौला बनिन् सांसद

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिलादेवी सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काषन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो । 

नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले सिटौला सांसद निर्वाचित भएको बताए । प्रतिनिधि सभाका सभामुखले निर्वाचित सांसद सिटौलालाई सपथ ग्रहण गराउनेछन् ।