अछामका बाढी पीडितलाई विदेशबाट आर्थिक सहयोग

अछामका बाढी पीडितलाई विदेशबाट आर्थिक सहयोग

धनगढी : नेपाल घर भई हाल विदेशमा बसोबास गर्दै आएका नेपाली मनहरूले अछाममा रहेका बाढी पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् । अमेरिकामा बस्दै आएका मोहन  थ्यायत  को पहलमा सामाजिक अभियन्ता तथा युनाइटेड ग्रुप धनगढीका अध्यक्ष  मोहन खड्कालाई ४५ हजार २ सय ९० हस्तान्तरण गरेका छन् ।

अछामको कमल बजार नगरपालिका वडा नम्बर ६ मा कोरोना भाइरस र बाढी  बहिरोबाट पीडित भएका नागरिकहरूलाई केही सहज होस भन्ने उद्देश्यले सो रकम प्राप्त भएको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष  मोहन खड्काले बताए ।

उनका अनुसार जिल्लामा रहेका विपन्न परिवारका लागि केही सहज गर्ने उद्देश्यले आफूहरूले आर्थिक अभियान सञ्चालन गरिरहेको र केही दिनमै अछामै पुगेर उनीहरूलाई आवश्यक खाद्य सामाग्री हस्तान्तरण गर्ने समेत उनले बताए ।

उनका अनुसार अहिले सो अभियानलाई  मोहन  थ्यायत  ,कल्पना कुँवर, मन्सरा शाही, भरत भण्डारी,अनुुसुधा श्रेष्ठ, भरत विष्ट र ललित चन्दले सो रकम पठाएको र अभियानलाई देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेकाले छिट्टै नै सो रकम पीडित कहाँ पुग्ने खड्काको भनाई छ ।