धरानको तरकारी बजारमा आगलागी

धरानको तरकारी बजारमा आगलागी

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित  तरकारी बजारमा आगलागी भएको छ । 

विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको छ ।