नेपालमा कोरोनाबाट थप तीनजनाको मृत्यु, मृत्तकको संख्या ४८ पुग्यो

नेपालमा कोरोनाबाट थप तीनजनाको मृत्यु, मृत्तकको संख्या ४८ पुग्यो

कोभिड-१९ बाट थप तीनजनाको मृत्यु भएको छ। पर्सा, धनुषा र बाराका एक-एकजनाको मृत्यु भएको हो।

पर्सा बस्ने भारतीय नागरिक ६५ वर्षीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेहरूमा मधुमेह, निमोनिया, स्वासप्रश्वास जस्ता समस्या देखिएको मन्त्रालयको भनाइ छ। यो सँगै कूल मृत्यु संख्या ४८ पुगेको छ।