आज ६२६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १३ हजार ७५४ पुग्यो

आज ६२६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १३ हजार ७५४ पुग्यो

पछिल्लो २४ घन्टामा ६ सय २६ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। आइतबार ७५ जना संक्रमित डिस्चार्ज भएका थिए। 

नेपालमा निको हुने संक्रमितको संख्या १३ हजार ७ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ। 

हालसम्म १६ हजार ३ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ९ सय ५० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।