कञ्चनपुरमा अवैध सिमा व्यवस्थापनको माग

कञ्चनपुरमा अवैध सिमा व्यवस्थापनको माग

कञ्चनपुर : कञ्चनपुरका व्यापारीले अबैध सिमा व्यवस्थापन गर्न माग गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका ३ कालिका बजारका व्यापारीहरुले सिमा व्यवस्थापनको माग गरेका हुन्।

सोमबार व्यापारीहरुको एक समूहले कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारलाई भेटी हस्ताक्षर सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका छन्।

उनान सय व्यापारीहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लकडाउनका कारण सिमा बन्द भएको अवस्थामा भारतीय अवैध सामान आउन बन्द भएको र त्यसको कारणले नेपालीहरुको व्यापार फस्टाउँदै गएको तथा आत्मनिर्भर बन्दै गएको उल्लेख छ।

यस्तै प्रकारले भविष्यमा पनि अवैध नाका बन्द गर्न र भारतीय सामानको चोरी पैठारी रोक्न अत्यन्त जरुरी रहेको भन्दै यसका लागि संबंधित निकायमा पहल गरीदिन माग गर्दे उनीहरूले बजार समितिका अध्यक्ष सुनारलाई ज्ञापन पत्र बुझाएका हुन्।