धनगढी बजारमा जुत्ता मर्मत गर्नेह्ररुको पिडा

धनगढी बजारमा जुत्ता मर्मत गर्नेह्ररुको पिडा


धनगढी  : धनगढी बजारका मुख्य चोक तथा सकडडको किनारमा बसेर जुत्ता सिलाउनेहरुको दैनिकी हिजोआज निकै कष्टकर बनेको छ । लामो समयको लकडाउन र बर्षातले काम गर्न नपाउँदा आम्दानी शुन्य भएपछि घर खान लाउन समेत मुस्किल भईरहेको उनीहरुको भनाई छ ।

लकडाउन पहिले सम्म जेनतेन गरी गुजारा चलिरहेकै भएपनि अहिले भने आम्दानी हुनै छाडेको बताउँछन । बस्नको उचित व्यवस्था नहुँदा पानि पर्नासाथ काम नै बन्द गर्नुपर्ने बाध्यता रहेको छ । लकडाउन अघिसम्म जेनतेन खानलाउन पुगीरहेको भएपनि लकडाउ पश्चात भने निकै ुमूया भएको छ ।

दिनभरी छाता मुनी बसेर जुत्ता चप्पल मर्मत गर्दै आफ्नो गुजारा चलाईरहेको भएपनि अहिले भने बर्षतले निकै प्रभावित पारेको उनीहरुको गुनासो छ ।

पहिले पहिले राम्रो आम्दानी हुने गरेकोमा अहिले भने दैनिक २०० सय रुपैया समेत कमाउन मुस्किल पर्ने धनगढी चौराहामा नजिकै जुत्ता मर्मत गर्ने काम गर्दै आएका रमेश बहादुर रोकाले बताए । उनले आम्दानी घट्दै गएपछि खीन्न हुँदै भगवान भरोसा भन्दै यसरी दुखेसो व्यक्त गरे ।  

यस्तै धनगढी चौराहमै जुत्ता ममर्तको काम गर्दै आउनुभएका धनगढी विशाल नगरका जगत बहादुर मिजार पनि बर्षाको समयमा बस्न निकै समस्या हुने गरेको बताए ।

उनलेले धनगढी बजार स्थापित हुनुभन्दा पहिले देखि नै यो व्यवसाय गर्दै आईरहेको स्मरण गराउँदै कतिपय व्यक्तिहरुल हटाउन खोजेको भन्दै दुखेसो व्यक्त गरे । आम्दानी नभएपछि घरपरिवार पाल्न समेत धौ धौ हुने गरेको उनले बताए ।  

एकैछिन बर्षा भएपछि पानि जम्ने धनगढीका मुख्य सडकमा कसरी काम गर्ने भन्दै उनीहरु निकै चिन्तित बनेका छन । लामो समयपछि लकडाउन खुलेपनि बर्षायाम सुरु भएपछि भने काम गर्न निकै समस्या भएको छ । एउटा सानो छाताकै भरमा बैशाख जेठको प्रचण्ड गर्मीमा बस्नु परेको थियो भने अहिले पनि त्यही छाताकै ओत लागेर काम गर्नुपरेको उनीहरुको गुनासो छ ।

धनगढी पार्कमोडमा जुत्ता मर्मतको काम गर्दै आउनु भएका पुरन सिरमालले लकडाउन र बर्षाले आफुहरुको व्यवसाय धरापमा परेको बताएका छन । साथै उनले लकडाउनमा व्यवसाय बन्द हुँदा दुई छाक टार्न समेत समस्या भएको बताए । 

पार्कमोडमै व्यवसाय गरीरहनु भएका अर्का धनगढी विशालनगरका एक स्थानियको समस्या पनि यस्तै हो । पछिल्लो केही समय यता आम्दानी कम हुँदा घरखर्च धान्नै मुस्किल भएको बताउनुभयो । साथै बस्ने उचित व्यवस्था नहुँदा समेत समस्या भएको उनको भनाई छ ।  

आम्दानी कम हुनु र खर्च धान्नै मुस्किल हुनु त छँदै छ कतिपय व्यक्तिहरुले त उनीहरुमाथि दुव्र्यवहार र अमानविय व्यवहार सम्म गर्ने गरेका छन ।