यात्रु नपाउँदा यातयात व्यवसायीहरु समस्यामा, रित्तो गाडी गुडाउन बाध्य

यात्रु नपाउँदा यातयात व्यवसायीहरु समस्यामा, रित्तो गाडी गुडाउन बाध्य

धनगढी : धनगढीमा लकडाउन खुलेपछि सवारी साधनको अत्याधिक चाप बढेको छ । तर सवारीको चाप बढेपनि यात्रुहरुको संख्यामा भने खासै वृद्धि भएको छैन । लकडाउन खुलेपनि कोरोनाको जोखिम कायमै रहेकोले यात्रुहरुको संख्यामा वृद्धि नभएको हो ।

सवारी सञ्चालनमा आएपनि यात्रु नपाउँदा यातयात व्यवसायीहरुले समस्यामा परेको बताएका छन । साथै यातयात व्यवसायीहरुले यात्रु कम भएका कारण याुबाट चर्को भाडा अशुल्ने गरेको पनि गुनासो बढ्न थालेको छ ।  

सरकारले साउन १ गतेबाट सार्वजनिक सवारी साधन चल्न दिने निणर्य गरेपछियातयात व्यवसयीहरु निकै उत्साहित भएका थिए । तर छोटो दुरीका लागि यातयात सञ्चालन भएपनि यात्रु नपाउँदा व्यवसायीहरु निकै समस्यामा परेका छन ।

लामो समयदेखिको लकडाउनका कारण ठुलो नोक्सान व्यहोर्न बाध्य भएका यातयात व्यवसायीहरुको समस्या लकडाउन खुलेपछि पनि ज्युका त्यु नै देखिन्छ । सरकारले क्षमता भन्दा आधा मात्रै यात्रु बोेक्न पाईने जनाएपनि व्यवसायीहरु भने त्यो मान्न तयार छैनन् ।

धनगढी चौराहमा छोटो दुरीका यातयात व्यवसायीहरुको तछाड मछाड र भिडभाडको दृष्य सहजै देख्न सकिन्छ । यस्तै यात्रु नपाएकै कारण ईन्धन खर्च समेत उठ्न छाडेको एक यातयात व्यवसायी सुर्य खड्काले बताए । 

धनगढीमा लकडाउन खुलेसँगै सवारीको अत्याधि चाप बढेपनि यात्रुहरुको संख्या भने न्युन देखिन्छ । लकडाउन खुलेपनि कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकोले यात्रुहरु नपाईने अनुमान छ । यातयात व्यवसायीहरु यात्रु नपाउँदा रितो गाडी गुडाउन बाध्य भएको बताउँछन । जसले गर्दा बैकको ब्याज र गाडीको किस्ता तिर्न समेत मुस्किल पर्ने गरेको छ भने ईन्धन खर्च पनि धान्नै धौधौ परेको उनीहरुको भनाई छ ।

धनगढी चौराहमै भेटिनु भएका अर्का व्यवसायी अनिपाल भण्डाराको समस्या पनि उस्तै नै हो । उनले निजी सवारी साधनलाई जुनसुकै स्थानका लागि पनि पास दिने तर सार्वजनिक सवारी साधनलाई भने पास नदिएको भन्दै गुनासो व्यक्त गरे । उनले नियम सबैका लागि बराबरी नै हुनुपर्ने र समानता कायम गर्नुपर्नेमा जोड दिएका छन ।  

ठुला सवारी साधन मात्र नभई यतिवेला अटो व्यवसायीहरु पनि यात्रु नपाउँदा सास्ती खेप्न बाध्य छन । अटो व्यवसायकै भरमा परिवार पाल्ने व्यवसायीहरुको पिडा झनै फरक छ ।

यात्रुको खोजीमा दिनभर बजार डुलेपनि यात्रु पाउनै मुस्किल हुने गरेको भन्दै अटो व्यवसायीहरुले गुनासो गरेका छन । कोरोनाकै त्रासका कारण यात्रुहरु कम पाईने र कम यात्रु हुँदा बाध्य भएर भाडा वृद्धि गर्नुपरेको उनीहरु बताउछन । 
यस्तै सुदुरपश्चिम यातयात प्रा.लिका बुकिङ कलर सन्तोष सेठीले सवारी सञ्चालनमा आएपनि यात्रुहरु नपाउँदा रितो गाडी गुडाउनु पर्ने बाध्यता रहेको बताए । साथै उनले यात्रुहरु कम भएकै कारण भाडा पनि बढाउनु पर्ने अर्को बाध्यता रहेको जानकारी दिए । 

यातयात व्यवसायीको समस्या त छँदै छ तर यात्रुहरुको समस्या कसले बुझिदिने ? कम यात्रु भएकै कारण यातयात व्यवसायीले यात्रुहरुबाट चर्को भाडा अशुल्ने गरेको गुनासो पनि बढेको छ ।