सुदूरपश्चिमकै ठुलो च्याउ फर्म सञ्चालनमा

सुदूरपश्चिमकै ठुलो च्याउ फर्म सञ्चालनमा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका, १२ जुगेडामा सुदूरपश्चिम प्रदेशकै ठुलो च्याउ प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चलनमा आएको छ । 

नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृदि आयोजनाको पुरक अनुदानमा सञ्चालित च्याउ प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा ल्याईएको हो । 

उक्त आयोजनाको बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोभन भट्टले उद्घाटन गरेका छन । उक्त उपआयोजनामा सरकारले ६५ लाख अनुदान सहयोग गरेको छ भने फर्मले ४२ लाख रुपैया लगानी गरेको छ ।

ओम केदार च्याउ तथा तरकारी फर्मले सञ्चालनमा ल्याएको सुदूरपश्चिम प्रदेशकै ठुलो च्याउ प्रशोधन तथा बजारीकरण उपआयोजनामा एक घण्टामा ५ सय केजी च्याउ प्रशोधन गर्ने मेसिन जडान गरिएको छ । 

ओम केदार च्याउ तथा तरकारी फर्मका व्यवस्थापक राजु पुनमगरले उपआयोजनाबाट एक घण्टामा ५ सय केजी च्याउ प्रशोधन गर्ने जानकारी दिनुभयो । 

त्यस्तै, गत वर्ष २० टन च्याउ उत्पादन गरिएकोमा यस वर्ष ५० टन च्याउ उत्पादन गर्ने लक्ष्य लिईएको उहाले बताउनुभयो । 

उक्त फर्मले गोव्रे र कन्या च्याउ उत्पादन गर्दै आएको छ । २०६५ सालदेखि केही मात्रामा घरमै च्याउ खेती गर्दै आएका कमल पुन मगरले २०७१ सालमा ओम केदार च्याउ तथा तरकारी फर्म दर्ता गर्दै व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएका छन । 

पहिले च्याउ विसालु हुने, च्याउ खाएमा ज्यान जान्छ भन्ने गलत बुझाईका कारण एक दुई किलो च्याउ पनि विक्रि गर्न समस्या हुने गरेको स्मरण गर्दै सञ्चालक मगरले अहिले भने बजारको समस्या केही नरहेको बताउनुभयो । 

उक्त फर्मले उत्पादन गरेको च्याउ विक्रि वितरणका लागि कैलाली, कञ्चनपुर,  सुदूरपश्चिमका केही पहाडी जिल्ला, नेपालगञ्ज, बाके बर्दिया लगायत काठमाण्डौ पठाउने गरेको छ । 

उक्त फर्मले च्याउको उत्पादन गर्नुका साथै अन्य किसानले उत्पादन गरेको च्याउको बजारीकरणमा समेत सहयोग गर्ने जनाएको छ । 

गाउमै च्याउ उद्योग सञ्चालनमा आएपछि ५५ जनाले काम पएका छन । उनीहरुले दैनिक चार सय रुपैयामा काम गरिरहेका छन । यसअघि घरायसी काममा व्यस्त हुने महिलाहरु गाउघरमै रोजगारी पाएसगै खुसी भएका छन । 

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले ओम केदार च्याउ तथा तरकारी फर्मले गर्दै आएको च्याउ खेतीको प्रशसा गर्नुभयो । 

प्रदेश सरकारले पनि कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरण गर्न खोजिरहेको भन्दै मुख्यमन्त्री भट्टले कृषि पेशालाई मर्यादित र प्रतिष्ठित पेशा बनाईने प्रतिवद्धता बताउनुभयो । 

उहाले कृषि पेशमा आकर्षित र टिकाई राख्नका लागि कृषकलाई प्रोत्साहन समेत गरिने बताउनुभयो ।