क्वारेण्टाईनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

क्वारेण्टाईनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

ठाकुरबाबा नगरपालिका ४ सैनवारमा क्वरेण्टीनमै आत्महत्या गरेका पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

१० दिनअघि भारतको राजस्थानबाट आएका उनी महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तको घरमा गएका थिए । आफन्तले क्वरेण्टीनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पाँच दिनअघि क्वरेण्टीनमा लगेको थियो ।

उनी मानसिक समस्याको बिरामी रहेको पनि प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिरहेको छ ।