बैतडीमा दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

बैतडीमा दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर आउँदै गर्दा ना.अ. ९८८ नम्बरको एम्बुलेन्स गएराती महकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका बताएका छन । प्रवक्ता प्रहरी निरीक्षक चन्दका अनुसार एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको छ।