कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा अवैध कुखुरा बरामद

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा अवैध कुखुरा बरामद

कञ्चनपुर : नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेको अवस्थामा अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ ।

मंगलबार बिहान सीमा सुरक्षा बोर्डर आउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाको नेतृत्वमा खटिएको गस्ती टोलीले १ सय ५० किलोग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।

टोलीले बेलौरी नगरपालिका वडा नं ६ भुराकोट सीमावर्ती क्षेत्रबाट उक्त कुखुरा बरामद गरेको बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्तले जानकारी दिए । बरामद कुखुरा स्थानीय एवम् सरोकारवालहरुको रोहबरमा नष्ट गरिने बताए ।