१५ केजी सुन र २ पेस्तोल बरामद

१५ केजी सुन र २ पेस्तोल बरामद

नेपाल प्रहरीले अबैधरुपमा भित्र्याइएको करिब १५ केजी सून र २ थान पेस्तोल काठमाडौंमै बरामद गरेको छ।

मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटी नजिकै एउटा स्कर्पियो गाडी प्रहरी चेकजाँचमा रोक्न खोज्दा झन् स्पिड बढाएको  र प्रहरीले पिछा गरेपछि छोडेर भागेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरले त्यसबारे विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्न लागेको जनाएको छ।