कैलाली र कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा, सतर्क रहन आग्रह

कैलाली र कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा, सतर्क रहन आग्रह

अहिले (मंगलबार बिहान) कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आफ्नो ट्विटरबाट मंगलबार बिहानै सूचना जारी गरी भनेको छ, ‘हाल कैलालीको टीकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भएको, थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता आसपासको बाढी आउन सक्छ, बिहान १० बजे सम्म सतर्क रहौं।’