भीरबाट खसेको ढुंगाले लागेर दोलखामा एक महिलाको मृत्यु

भीरबाट खसेको ढुंगाले लागेर दोलखामा एक महिलाको मृत्यु

 दोलखाको विगु गाउँपालिका-४ लादुकको सिंगटीमा भीरबाट खसेको ढुंगाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब साढे ८ बजेतिर भीरबाट खसेको ढुंगाले लागेर घाइते भएकी विकास थामीकी करिब ३५ वर्षीया श्रीमती रेणु थामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगाले लाग्दा घरको जस्तापाता र ढुंगाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरिकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

मृतक थामीको टाउको पछाडि र दाहिने घुँडामुनि चोट लागेको निरीक्षक बोहराले जानकारी दिनुभयो । मृतक थामीको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।