कोरोनाका कारण साउदीमा स्याङ्जाका युवाको मृत्यु

कोरोनाका कारण साउदीमा स्याङ्जाका युवाको मृत्यु

 रोजगारीका लागि साउदी अरब पुगेका गल्याङ्का ३४ वर्षीय रोशन श्रेष्ठको कोरोनाबाट मृत्यु भएको छ ।

 गल्याङ् नगरपालिका ८ तिनदोवाटे घर भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एनए मिडिया जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा भर्ना गरिएको हो। उपचारकै क्रममा ३५ दिनमा आइतबार उनको मृत्यु भएको बताइएको छ । 

उनी नेपालमा लकडाउन हुनुभन्दा एक दिन अघिमात्र साउदी अरब पुगेको निर्देशक पंगेनीले बताए ।श्रेष्ठका पत्नी, आमा र एकजना भाइ छन् ।