प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली

प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली

नेपाल प्रहरीले अबैधरुपमा भित्र्याइएको भनेर बरामद गरेको करिब १५ केजी सुन नक्कली रहेको बताइएको छ।

मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटीनजिकै एउटा स्कर्पियो गाडी चेकजाँचका लागि प्रहरीले रोक्ने खोज्दा झन् स्पिड बढाएको र प्रहरीले पिछा गरेपछि उनीहरुले सो नक्कली सुन र दुई थान पेस्तोल छोडेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको १५ किलो सुन परीक्षणका क्रममा एक पिस बाहेक अरु सबै नक्कली भएको बताएको हो। सो एक पिसमा कति सुन रहेको भन्ने बारेमा केही बताइएको छैन। महानगरीय काठमाडौं प्रहरी परिसरले त्यसबारे विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्न लागेको जनाएको छ।