करेन्ट लागेर सल्यानमा एक बालकको मृत्यु

करेन्ट लागेर सल्यानमा एक बालकको मृत्यु

करेन्ट लागेर सल्यानमा एक बालकको मृत्यु भएको छ । 

जिल्लाको शारदा नगरपालिका-७ भट्टाचौरका १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आँप खान रुखमा चढेको बेला उनलाई करेन्ट लागेको थियो ।

घर नजिकै आँपको रुखमा चढेका  बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

विद्युत् तारले आँपको रुख छोएका कारण बालकलाई करेन्ट लागेको उनले बताए ।