कञ्चनपुरमा एकैरात तीनवटा पसलमा चोरी

कञ्चनपुरमा एकैरात तीनवटा पसलमा चोरी

महेन्द्रनगरस्थित पुरानो बसपार्क लाइनका तीनवटा पसलमा सोमबार राती चोरी भएको छ । 

एकै लहरमा रहेका तिनै पसलको सटरको ताला तोडेर चोरी भएको हो । गुरुजी फेन्सी, समैजी फैन्सी र गोजीलिङ ट्रेडर्स नामका पसलहरुको ताला ताडेर चोरी भएको स्थानी व्यवसायी तेजी कुवरले बताइन् । उनका अनुसार चोरी भएको सामानको विवरण भने संकलन भईसकेको छैन ।

पसलहरुमा रातीको समयमा चोरी भएपनि प्रहरीको टोली भने बिहान साढे ९ बजे मात्रै घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले चोरी भएको जानकारी पाए लगत्तै प्रहरी पठाइएको र चोरी भएको सामानको विवरण संकलन भईरहेको बताए ।