ट्राफिक प्रहरी कार्यालय बैतडीद्धारा १३ लाखभन्दा बढि राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय बैतडीद्धारा १३ लाखभन्दा बढि राजस्व संकलन

बैतडी : जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले गत आर्थिक वर्ष २०७६/७७ मा १३ लाखभन्दा बढि राजस्व संकलन गरेको छ । 

ट्राफिक नियम उल्लंघन गर्ने साना ठूला सवारी साधनबाट गत आर्थिक वर्षमा रू। १३ लाख २७ हजार राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३७३ सवारी साधनहरुलाई कारबाही गरिएको थियो । 

कोभिड(१९ महामारीबाट बच्न सरकारले चैत्रदेखि गरेको लकडाउनका कारण सवारी साधनहरु नचल्दा राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र सिंह रावलले बताए । 

गत आर्थिक वर्षमा २ हजार ३७३ सवारी साधन कारबाहीमा परेका थिए । जसमा सबैभन्दा बढि कारबाहीमा पर्ने जीप र कार रहेका छन् । 

गत आर्थिक वर्षमा ३ हजार ४२ साना ठूला सवारी साधनलाई कारबाही गरिएको थियो । विशेष गरी लाइन्सेन नभएको, क्षमताभन्दा बढी यात्रुहरु ओसारपसार गर्ने र कागजपत्रहरु नभएका सवारी साधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले बताएको छ ।