सुदूरपश्चिममा आज थप ४२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ४२ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप ४२ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १३४ नमुनामध्ये ७ महिने बालिका सहित ४२ जनामा स.क्रमण पोजेटिभ देखिएको हो ।

केही हप्ता घट्दै गएको संक्रमण आज फेरी बढेको हो । अस्पतालका सुचनाअधिकारी दिलिपकुमार श्रेक्ष्ठका अनुसार मंगलबार १५ महिला र २७ जना पुरुषमा कोरोना देखिएको हो । उनले आज कैलाली, कञ्चनपुर र डोटीका ४२ जनामा कोरोना देखिएको जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष, डोटीको सायल गाउँपालिकाका ७ महिने बालिका सहित ६ महिला र १४ पुरुष, आदर्श गाउँपालिका वडा नम्बर ७ का एक महिला र ३ पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिका एक महिलाको संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको छ भने मृतकको संख्या नौँ पुगेको छ ।