भैरहवा विमानस्थलका दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ

भैरहवा विमानस्थलका दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार यादव द्वयले सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए।