दार्चुला पहिरोमा बेपत्ता भएका दुवैजनाको शव भेटियो

दार्चुला पहिरोमा बेपत्ता भएका दुवैजनाको शव भेटियो

दार्चुला : जिलाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ। घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुईजना बेपत्ता भएका थिए।

सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए ।