नेकपा स्थायी समिति बैठक : ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई

नेकपा स्थायी समिति बैठक : ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्ने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए।

‘यस विषम् परिीस्थतिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विधिविपरीत बैठक स्थगित गरेको भन्दै स्थायी समिति बैठकले त्यसलाई अनुचित ठहर गरेको उनले बताए।