एकैदिन ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

एकैदिन ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ । जुन कूल सङ्क्रमितको ७२.८ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतम जानकारी दिए । हालसम्म सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।