राप्रपा परित्याग गरेका सुनील थापासहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश

राप्रपा परित्याग गरेका सुनील थापासहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनी ५० भन्दा बढी नेता–कार्यकर्तासहित मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनलाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्।